भारत र पाकिस्तानको युद्धका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गल्ती नगर्न आग्रह गरेका छन । सैन्य समाधान कुनै समाधान नभएको उनको भनाइ छ । उनले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताए । अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको उनको भनाइ छ ।
नागरिकहरूलाई निशाना बनाउनु अस्वीकार्य रहेको बताए । जिम्मेवारहरूलाई विश्वसनीय र कानूनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्ने माग गरे । अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।