बाग्लुङ,
बाग्लुङको बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथि बाट खसेर एक जना वृद्धाको ज्यान गएको छ ।
आज बिहान घरको तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै ज्यान गएको हो । शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।