सुचना, समाचार र मनोरन्जन

ज्ञानेन्द्र शाहीको ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ टिप्पणीप्रति खेद प्रस्ताव

काठमाडौँ/

प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्प्णीमा आपत्ति जनाउँदै राष्ट्रिय सभा बैठकले खेद प्रस्ताव पारित गरेको छ ।

सांसद शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आइतबार बैठकमा सदस्यहरूले आपत्ति जनाएका थिए। शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको हो ।

मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हु-बहु पारित गरेको भन्दै राष्ट्रिय सभा नै वृद्धाश्रम भएको शाहीले टिप्पणी गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी कपोकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाहीप्रति अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको बताए ।

सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले शाहीले आफ्नो धारणा व्यक्त गरेको देखिएको भन्दै अध्यक्ष दाहालले उक्त अभिव्यक्तिप्रति खेद प्रकट गरेका थिए ।

उनले आगामी दिनमा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निर्देशनसमेत दिए ।

Leave A Reply

Your email address will not be published.