सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध

एजेन्सी/
साउदी अरेबिया सरकारले बालबालिकालाई हज तीर्थयात्रामा लैजान प्रतिबन्ध लगाएको छ । साउदीको हज र उमराह मन्त्रालयले सन् २०२५ को हज यात्रामा बालबालिकालाई तीर्थयात्रीसँगै जान प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालबालिकाको सुरक्षा र कल्याणका लागि सरकारले यो निर्णय गरेको मन्त्रालयले बताएको छ । यस्तै बालबालिकासहित निकै कमजोर, बिरामी, वृद्ध, शारीरिक रूपमा असक्षम, सङ्क्रामक रोगबाट पीडितले पनि हज यात्रा गर्न पाउँदैनन् ।

sfal

साउदी अरेबियाले भिसा नीतिमा पनि महत्त्वपूर्ण परिवर्तन गरेको छ । नयाँ नीतिअनुसार अब हज यात्राका लागि भारतसहित १४ वटा देशका लागि एकतर्फी प्रवेश भिसा मात्र उपलब्ध हुनेछ । यसको उद्देश्य विना हज यात्रा साउदी अरेबिया आउने मानिसहरूलाई रोक्नु हो ।

साथै मन्त्रालयले विगतमा जस्तै यस वर्ष पनि पहिलो पटक हज यात्रा गर्नेलाई पहिलो प्राथमिकता दिइने बताएको छ । हज यात्रा २०२५ का लागि दर्ता शुरू भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.