सुचना, समाचार र मनोरन्जन

फिल्मकर्मीले नै बन्द गरे कर बढेको विरोधमा फिल्म हल बन्द,आज कुनै पनि हल नखुल्ने

काठमाडौं :

सोमबार देशभरका फिल्म हलहरु बन्द भएका छन्। हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले सरकारले विभिन्न नाममा ३३ प्रतिशतभन्दा बढी कर लिन थालेपछि त्यसको विरोधमा हल बन्द गरेका हुन्।

संघका अनुसार मूल्य अभिवृद्धि करबाहेकका अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा हल बन्द गरिएको जानकारी दिएका छन्। उनीहरुले सोमबार हल बन्द गरेता पनि भोली अर्थात मंगलबारबाट भने हलहरु सञ्चालन हुनेछन्।

Leave A Reply

Your email address will not be published.