काठमाडौं :
गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली फिल्म ‘दयारानी’ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ। निर्माण मिटले हालै फिल्मलाई ओटीटीमा रिलिज गरेको हो।

पारिवारिक कथामा निर्माण भएको यो फिल्मलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका छन्। यो फिल्ममा दयाहाङ राई,दिया पुन र विजय बराल मुख्य भूमिकामा छन्।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यस ओटीटी प्लेटफर्ममा चलचित्र हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गरी एवम् नेपाल तथा भारतबाट सरल रूपमा विभिन्न डिजिटल वालेटहरू तथा क्युआर कोड भुक्तानी गर्न सक्नेछन्।साथै, नेपाली भाषामा सपोर्ट तथा २४ घण्टाको प्राविधिक सहायता सुविधा समेत उपलब्ध छ, जसले दर्शकलाई अझ सहज बनाउनेछ।