काठमाडौं :
‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ। मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि छायांकन पूरा भएको हो।
फिल्म ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ। नेपालमा रिलिज हुने दिनमै यो सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले फिल्म रिलिज गर्ने लागेको हो।

‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो। निर्माणपक्षले फिल्मका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको थियो। जसमा विपीन कार्की फिचर्ड थिए। सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ। सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ ।
एक्सन जनरामा निर्माण भएको यो फिल्ममा विपीन कार्कीले पहिलो एक्सन गर्दैछन्। जसका काराण् पनि आम दर्शकमा अझै कौतुहलता बढाउन सक्ने अनुमान गर्न सकिन्छ। ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ। यहि फिल्ममा अभिनेता मुकुन भुसाल नेगेटिभ क्यारेक्टरमा छन्। एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ। यसअघि निर्देशक निर्देशक चौधरीले ‘अगस्त्यः च्याप्टर १’निर्माण गरेका थिए । जुन फिल्म दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।