सुचना, समाचार र मनोरन्जन

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेको खगेन्द्र सुनारको दावी

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढेको बताएका छन् ।

सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि उनले यस्तो बताएका हुन् । कुनै व्यक्ति विशेषको जस्तो पार्टी हुन पुगेकाले सबैले अपनत्व गर्न सक्ने पार्टी बनाएर अगाडि बढेको उनको भनाइ छ । ‘एमाले केपी ओलीको पार्टी भयो । कांग्रेस देउवा ९शेरबहादुर देउवा०को पार्टी भयो । अरु दलहरू कोही प्रचण्डको पार्टी होला । तर यो हाम्रो पार्टीलाई सबैले हाम्रो भन्न सक्छन्,’ उनले भने ।हाम्रो पार्टीले देशलाई साम्प्रदायिकताबाट बचाउने पनि उनको भनाइ छ ।

पार्टी खोल्नुको उदेश्यबारे अध्यक्ष सुनारले भनेका छन्, ‘यो बेलामा कसैले मधेश भनिरहेका छन्, कसैले हिमाल भनेका छन्, कसैले दलित भनेका छन्, कसैले जनजाति भनेका छन् । देशलाई साम्प्रदायिकताबाट बचाउने सन्दर्भमा एउटा साझा बिन्दु कसैले खोज्नुपर्छ भन्ने लागेर त्यो अभ्यास हामीबाट गर्नुपर्छ भनेर हाम्रो पार्टीलाई डेमोक्रेटिक पार्टीको रुपमा विकास गर्न चाहेका हौं ।’

आगामी फागुन २१ मा चुनाव हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.