सुचना, समाचार र मनोरन्जन

ललितपुरको हरिसिद्धिमा नाचियो हरिसिद्धि नाच

काठमाडौँ/

हरेक वर्ष फागुन पूर्णिमाको दिन ललितपुरको हरिसिद्धिमा नाचिने हरिसिद्धि नाच आज नाचिएको छ । एक दिन मात्र मनाउने यस जात्रामा पहिलो चरण बिहानको समयमा नातेश्वर महादेवको स्थानमा हरिसिद्धि देवीको स्मरण गरी भक्तिपूर्वक बाध्य वादन (द्योग ल्हायगु) गरी हरिसिद्धि मन्दिर अगाडि पुग्छन् ।

एकै छिनको मन्दिर अगाडी पालैसित नाचेर मन्दिर माथि जान्छन् । त्यसपछि अदृश्य नाच सुरु हुन्छ । यस नाचमा बाजाहरू भुस्या, प्वङ्गा, डमोखि, ताँः बजाउ छन् । यसरी विविध तालमा बजा बजाउन सुरु हुन्छ यस समयमा अगाडिको डबलीमा कोही पनि जान हुँदैन किनकि यस समयमा स्वयम हरिसिद्धि देवी नाच्ने जनविश्वास गरिन्छ । यस पश्चात् तमनारिश्व महादेवको नाच सुरु हुन्छ । यस समयमा निसन्ताले आफ्नो सन्तान प्राप्तिको लागि व्रत बसी पूजा गर्न सन्तान प्राप्त हुने जनविश्वास अनुरूप यस समयमा पूजा गर्न विभिन्न ठाउँबाट व्रतालुहरू आउने गर्छन् ।

यसै चरणमा राधाकृष्ण, ब्रम्हाजू (स्वस्थानी) अनुसार नवराज गङ्गा स्ना, तर्पण गरेको अवस्था, गजानन्द हरिहर महादेवको रूपमा आएर नवराजलाई अभिषेक दिएको, मञ्जुश्रीले फूचोमाजु, धिनाचो माजुको शक्ति प्राप्त गरेर काठमाडौँ उपत्यकाको पानी बाहिर पठाएको दृश्य पनि यसै चरणमा हुन्छ भने अग्नि देव र महादेवको नाच सुरु हुन्छ । यस नाचमा अग्निदेवताको रूपमा भष्मासुरुलाई देखाइन्छ । महादेवले भष्मासुरलाई जसलाई जे छोए नि भष्म हुने बरदान दिएपछि महादेवलाई लखेटेको नृत्य हुने गर्छ । ।

मध्यान्हको समयमा डुन्डुबी राक्षसको रामचन्द्रले सङ्घार गर्न नसकेपछि हरिसिद्धि माईको पुकार र सहयोगले राक्षसको सङ्घार गरेको दृश्य भावको साथै हनुमानले राम र सुग्रीवको मित्रता कायम गरेको नृत्य गरिन्छ । यो समयमा हनुमान, राम र सुग्रीवले एउटै तालमा फरक फरक नृत्य प्रस्तुत गर्छन् ।

राजा योग नरेन्द्र मल्लको पाल देखि योगेन्द्र मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, सिद्धि नरसिंह मल्ल, महेन्द्र मल्ल, रत्न मल्ल, वरदेव मल्ल लिच्छवी राजा नरेन्द्र देव लगायतका राजाहरू हरिसिद्धि देवीको भक्तका रूपमा चिनिएका थिए ।

Leave A Reply

Your email address will not be published.