काठमाडौं :
फिल्म ‘हर्ष’को छायांकन भएको ३५ औँ दिनमा प्याकअप भएको छ। ४० दिनको सेड्युलमा छायांकनमा निस्केका यो फिल्मले ५ दिन अगावै छायांकन सकाएको हो।
अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी छन्। उनको यो डेब्यु निर्देशन हो। निर्देशक पौडेलले फिल्मको बारेमा जानकारी दिदै आफ्नो फिल्मको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको जानकारी दिइन्। फिल्म खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहेको छ।
डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्। आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। यसका अलावा उनले केही छोटा फिल्महरु बनाएकी छन्।
पारिवारिक सामाजिक कथा पस्किने सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। सिनेमालाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ। लोकेश बज्राचार्यले सम्पादन गर्ने सिनेमामा सुनिल क्षेत्रीले कोरियोग्राफी रहेको छ।
ई(प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्।