सुचना, समाचार र मनोरन्जन

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आहृवान

काठमाडौं :

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आहृवान गरिएको छ। ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको हो।

Pach Pandav

आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ । राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको अवार्डका लागि यही फागुन १३ गतेबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभएको छ ।

अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८० वैशाख एक गतेदेखि चैत्र मसान्तसम्म (एक वर्षभित्रमा) बजारमा आएका गीत, संगीतका स्रष्टा एवं प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ । गीत तथा सिर्जनाहरू दर्ता गर्नका लागि आवेदनको अन्तिम म्याद चैत मसान्तसम्म तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ ।
गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.