सुचना, समाचार र मनोरन्जन

अस्पताल लैजादै गर्दा भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं :

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकर्मीहरुले जानकारी दिएका छन्।

Pach Pandav

संगीतकार पुस्कर सुनुवारले सामाजिक सञ्जाल फेसबुकमार्फत संगीतकार आचार्यन हामीमाझ नरहेको भन्दै जानकारी दिएका हुन्। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए।

संगीतकार आचार्यको गत दशैंको समयमा घरमै लडेर उनको टाउकोमा चोट लागेको थियो । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ। उनलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने प्रतिष्ठानको तयारी छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यका ‘मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत स्रोतामाझ लोकप्रिय छन् ।

Leave A Reply

Your email address will not be published.