सुचना, समाचार र मनोरन्जन

सौगात बेनिशाको ‘सिटामोल’ इण्ड–कल्यापसँगै रोमान्टिक तस्वीर सार्वजनिक

काठमाडौं :

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भुमिकामा निर्माण भइरहेको फिल्म ‘सिटामोल’को छासांकन सकिएको छ। सिन्दुली जिल्लाको विभिन्न स्थानमा छायांकन गर्दै निर्माण टिमले २५ दिनमा सुटिङ प्याकअप गरेको हो। राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को केही दृश्य र गीतको छायांकन बाँकी रहेको छ।

निर्माण टिमले फिल्मको इण्ड–कल्यापसँगै निर्माताले प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेका छन् । फिल्मलाई आगामी तीजमा प्रदर्शन मिति घोषणा गर्दै फिल्मको केहि थान तस्विर सेयर गरेका हुन्। जहाँ दुई कलाकार फिल्ममा दम्पतीको भूमिकामा प्रस्तुत भएकाछन् । माओवादी सशस्त्र द्वन्द्वकालको प्रेम सम्बन्धमा फिल्म आधारित रहेको बुझिएको छ।

तुलसीदेवी फिल्म प्रालिको ब्यानरको निर्माण भएको फिल्ममा सौगातले द्वन्द्वका घाइतेको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

बाबुल गिरीको संगीत रहेको फिल्मको छायाकार दिव्यदेव हुन् । फिल्मको निर्मातामा भूगोलकुमार कार्की, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजयकुमार विक र कुमार केसी कार्यकारी निर्माता हुन्। यस अघि बेनिशा र सौगातले फिल्म ‘झ्यानाकुटी’मा सँगै अभिनय गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो।

Leave A Reply

Your email address will not be published.