सुचना, समाचार र मनोरन्जन

ज्योति फिल्मस् म्युजिक अवार्डबाट सानुकाजी श्रेष्ठलाई पत्रकारिता सम्मान

काठमाडौं :

रोयल मुभिज प्रालि र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण केही समय पहिले दुबईमा सम्पन्न भएको थियो । बिबिध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरुलाई शनिबार नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा आयोजक संस्थाले दुबईमा संकलन गरेको तीस हजार नगद रुकुमका भूकम्प पिडितहरुको लागि सहयोग गरेको छ। सिन्धुपाल्चोक सेवा समाजका प्रकाश पुरी, कल्पना के. सी. र रोयल मुभिज प्रालिले उक्त रकम उपलब्ध गराएको हो। नमोबुध्द नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठको सभापतित्वमा गरेका थिए।

उक्त कार्यक्रममा अवार्ड तथा सम्मान पाउनु हुनेहरुमाः– पावर्ती कार्की – काठे गायिका, रामसुन्दर थामी – काठे नव गायक, रमला पाख्रिन तामाङ्ग – पप गायिका, पक राना मगर – गीतकार ‘प्रोत्साहन’, सुमन बि.टी. – लोकदोहोरी नव गायक, तेज मान तामाङ्ग – भाषाभाषी ‘मेन्दोमाया गीतका’०, अरुण कुमार गिरी र विकाश बिश्वकर्मालाई– कला सम्मान, चन्द्र कुमार दोङ्ग – बिशेष सम्मान, सानुकाजी श्रेष्ठ – पत्रकारिता सम्मान, शिवराम भण्डारी – संचारकर्मी सम्मान, चन्द्रमणी गौतम – संचारकर्मी सम्मान, दिनेश भण्डारी – मोफसल पत्रकार सम्मान, नवराज हुँमागाँई – पत्रकार सम्मान, हनुमान यस्माली ‘सुदिप’ – कला सम्मान प्राप्त गरे।

त्यसैगरि हरि शरण फुयाल – ब्यबसायी सम्मान, जयराज भट्ट – कला सम्मान, सूर्य तामाङ्ख – कला सम्मान, तारकेश्वर लोक खैँजडि भजन समुह – कदर–पत्र, राजन चौलागाँई ‘खैराँते’ – कला सम्मान, रमेश श्रेष्ठ – कला सम्मान, सुष्मा तयामि – फेसन डिजाईनर रहेका छन् भने अवार्ड बिजेताहरुः– अमृत चापागाँई – भिडियो सम्पादक, अमृत पुडासैनी – काठे नव मोडल पुरुष, बिजय पुन – लोकदोहोरी मोडल, बिक्रम गौतम – मेकअप आर्टिस, बिनोद सुन्दास – भिडियो निर्देशक, गणेश सेञ्चुरी – लोकदोहोरी गायक, गंगा राम राई – भिडिया छायाँकार, कल्पना पराजुली – लोकदोहोरी गायिका ‘जुरी’ हात पारिन्।

यता भ्याली कोल्ड स्टोरले सम्मान पत्र पाउँदा करिष्मा ढकाल – मोडल महिला, कृष्ण दोङ्ग तामाङ्ग – भाषभाषी ‘सेलो पप गायक’, एलिना चौहान – आधुनिक गायिका, कृष्ण रसाल – नृत्य निर्देशकको अवार्ड प्राप्त गरे। यस अवार्डका निर्णायकमा अर्जुन पाण्डे, गिता भट्टराई, राजु शर्मा, राकेश सोनी, उत्साह घिमिरे रहेका थिए ।

Leave A Reply

Your email address will not be published.