सुचना, समाचार र मनोरन्जन

हिन्दी टेलिभिजन अभिनेत्री प्रिया मराठेको निधन

काठमाडौं :

लोकप्रिय हिन्दी टेलिभिजन अभिनेत्री प्रिया मराठेको निधन भएको छ। ३८ वर्षीया मराठेको निधन आइतबार बिहान ४ बजे भारतको मुम्बईको मीरा रोडस्थित आफ्नै निवासमा भएको हो। उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिइन्।

Protin

मराठेको निधनपछि भारतीय टेलिभिजन उद्योग शोकमा डुबेको छ। विभिन्न कलाकार र सेलिब्रेटीहरूले सामाजिक सञ्जालमार्फत शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सन् २००५ मा मराठी टेलिभिजनबाट अभिनय यात्रा सुरु गरेकी मराठेले २००८ मा ‘कसम से’ टिभी सिरियलमार्फत हिन्दी टेलिभिजनमा प्रवेश गरेकी थिइन्। उक्त शोमा उनले विद्या बालीको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि उनले ‘पवित्र रिश्ता’ मा वर्षाको भूमिकाबाट व्यापक लोकप्रियता प्राप्त गरिन्।

उनले ‘उत्तरन’, ‘बडे अच्छे लगते हैं’, ‘साथ निभाना साथिया’, ‘कमेडी सर्कस’, ‘भागे रे मन’, ‘आयुष्मान भवः’ लगायतका थुप्रै चर्चित टेलिभिजन शोमा अभिनय गरेकी छिन्। प्रिया मराठेले सन् २०१२ को अप्रिलमा अभिनेता श्रीकान्त मोघेका छोरा शान्तनु मोघेसँग विवाह गरेकी थिइन्। उनको निधनलाई भारतीय टेलिभिजन क्षेत्रले ठूलो क्षतिको रूपमा लिएको छ।

Leave A Reply

Your email address will not be published.