सुचना, समाचार र मनोरन्जन

शनिबार पनि रोकिएन ‘होस्टेल ३’ हेर्ने दर्शकको घुँइचो

काठमाडौं :

गत हप्ता प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ हेर्ने दर्शकको घुँइचो बढेको छ। गत हप्ताको तुलनामा अहिले थप दर्शक बढेका हुन्। निर्माण टिमले फिल्मलाई दर्शकले मन पराइरहेको बेला गीत ‘रक अन’ समेत युट्युबमा सार्वजनिक गरेका छन्। फिल्मको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए।

यसै फिल्ममा पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ। एरेन्ज योगेश काजीले गरेका छन्। निर्माण टिमका अनुसार ‘होस्टेल ३’ले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो। यो फिल्म हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्रायः सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए। इमिरेट्स, बहराइन,कतार तथा अस्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ।

Chaka Panja

दोस्रो हप्ताको शनिवार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक कँडेलले बताए। निर्देशक कँडेलले भने,‘हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिवार त झनै व्यापक माहौल देखियो।’

यस फिल्ममा पारस बम ’कुलब्वाय’,सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा रहेका छन्। यस फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ। फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।

Leave A Reply

Your email address will not be published.