सुचना, समाचार र मनोरन्जन

‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट

काठमाडौँ :

नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन्। प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।

प्रतियोगीताको यो १० औं सिजन हो। यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगीता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।छानिएका प्रतियोगीहरु एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग्नेछन्।

प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेब्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ। प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने अध्यक्ष धमलाको विश्वास छ। प्रतियोगीताको फाइनल २४ जुलाई अर्थात साउन ८ गते आयोजना हुनेछ।

Leave A Reply

Your email address will not be published.