सुचना, समाचार र मनोरन्जन

पोखरामा सार्वजनिक भयो प्रोटोन इ.मास ५, सुरुवाती मूल्य २९.९९ लाख

पोखरा,

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लिले आफ्नो आधिकारिक च्यानल पार्टनर स्क्वायर अटोवर्ल्ड प्रा.लि. सँगको सहकार्यमा पोखरास्थित आधिकारिक शोरुमबाट नयाँ प्रोटोन इ. मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा भित्रिएको इ.मास ५ आधुनिक सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट तथा दिगो बनाउने उद्देश्यका साथ नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

पोखरामा आयोजित सार्वजनिककरण कार्यक्रममा व्यवसायी, अटो क्षेत्रका सरोकारवाला, सञ्चारकर्मी, अटो पत्रकार, कन्टेन्ट क्रिएटर तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीका अनुसार पर्यटकीय सहर पोखरामा आयोजित यस कार्यक्रमले विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण र दिगो यातायातप्रतिको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको सहकार्यलाई थप विस्तार गर्दै पोखरामा इ। मास ५ सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

उहाँले अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा, व्यावहारिक उपयोगिता र प्रतिस्पर्धी मूल्यका कारण इ। मास ५ पोखरा तथा गण्डकी प्रदेशका ग्राहकहरूको रोजाइ बन्ने विश्वास व्यक्त गर्नुभयो। विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउँदै नेपालको दिगो यातायात अभियानमा योगदान गर्न पाउनु गर्वको विषय भएको उहाँको भनाइ थियो।

क्षेत्रीले प्रोटोन इ.मास ७ ले नेपाली बजारमा पाएको सकारात्मक प्रतिक्रियापछि इ.मास ५ प्रति पनि ग्राहकहरूको उत्साहजनक बुकिङ र माग देखिएको उल्लेख गर्दै स्क्वायर अटोवर्ल्ड प्रालिका सञ्चालक तथा सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

मलेसियाको अग्रणी राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि Geely सँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तारलाई तीव्र बनाउँदै आएको छ। कम्पनीका अनुसार प्रोटोन इ.मास हाल मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डमध्ये एकका रूपमा स्थापित भइसकेको छ भने नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।

प्रोटोन इ. मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। पोखरामा सार्वजनिककरणको अवसरमा कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. २९.९९ लाख तथा प्रिमियम भेरियन्टको रु. ३४.९९ लाख कायम गरेको जनाएको छ। यो विशेष मूल्य पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार इच्छुक ग्राहकहरूले पोखरास्थित प्रोटोन शोरुममा पुगेर नयाँ इ. मास ५ को प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा यसमा उपलब्ध अत्याधुनिक प्रविधिको अनुभव लिन सक्नेछन्।

Leave A Reply

Your email address will not be published.