काठमाडौँ,
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । आजदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो ।
दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारबाही शुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबी तनाव शुरु भएपछि आईपीएल खेलाइने रङ्गशालाहरुमा पनि आक्रमणको धम्की प्राप्त भएका थिए ।
आईपीएल खेलिरहेका विदेशी खेलाडीहरुमा पनि त्रास देखिएको थियो । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।