सुचना, समाचार र मनोरन्जन

दशौँ युरोप क्षेत्रीय कार्यक्रम आगामी मे १६ र १७ मा डेनमार्कमा हुने

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप क्षेत्रीय समितिद्वारा आयोजित दशौँ युरोप क्षेत्रीय कार्यक्रम आगामी मे १६ र १७ मा डेनमार्कमा आयोजना हुन लागेको छ ।

यस प्रतिष्ठित कार्यक्रमका लागि विभिन्न देशहरूबाट प्रतिस्पर्धीहरूको छनोट हुन सुरु भईसकेको छ।

इनास यूकेबाट गायन तर्फबाट निशान बराल विजयी भई डेनमार्कका लागि छनोट भएका छन् भने गायन तर्फ नै
बैकल्पिक रूपमा सन्ध्या रसाईली पनि छनोट भएकी छिन्।

इनास यूकेले आयोजना गरेको अडिशनमा
प्रतियोगितामा भूमिका शाह, सन्तोष खड्का, र दीपक थापा निर्णायकको भूमिकाको रूपमा उपस्थित थिए।

कार्यक्रमको सञ्चालन इनास यूकेका महासचिव सर्वेन्द्र अधिकारीले गरेका थिए।

इनास यूकेका अध्यक्ष संजयभक्त कंडेलले नेपाली कला, भाषा, र संस्कृतिको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, विजेता निशान बराललाई बधाई ज्ञापन गर्दै आगामी प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे।

आयोजकले कार्यक्रमको तयारी तीव्र रूपमा अगाडि बढिरहेको र आयोजक समितिले यसलाई भव्य र सफल बनाउन विभिन्न तयारीहरू गरिरहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.