सुचना, समाचार र मनोरन्जन

काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो : कति पुग्यो तापक्रम ?

काठमाडौं :

काठमाडौं अहिलेसम्मकै बढी जाडो महसुस गरिएको छ। आइतबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विभागका अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ

। यो वर्षकै न्युनतम तापक्रम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले बताए। गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो।

त्यस्तै आइतबार नै तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । मौसमविद झाका अनुसार ‘धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ ।

Leave A Reply

Your email address will not be published.