सुचना, समाचार र मनोरन्जन
Sarangi

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गरे धरानका मेयर हर्कले

काठमाडौँ :

फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अभिनय गरेका छन्। उनी फिल्ममा अतिथि कलाकारको भूमिकाको रुपमा काम गरेका हुन् ।  निर्माण पक्षले जानकारी दिए अनुसार मेयर हर्क साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको भन्दै निर्माण टिमले केहि फोटो समेत सार्वजनिक गरेको छ।

‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, ’चलचित्रमा उहाँको विशेष भूमिका हुनेछ ।’

पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्ममा धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको फिल्मको निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। फिल्मलाई लेखक तथा निर्देशक सुनुवार नै हुन् । यस फिल्ममा नीति शाहका अलवा रेयर राई,महेश त्रिपाठी,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो।

यस फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ। डायमन्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिसंखेको छायाँकन,अनमोल गुरुङको संगीत रहेको छ। फिल्मको सहनिर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको यस फिल्ममा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ। फिल्मलाई जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

Leave A Reply

Your email address will not be published.