सुचना, समाचार र मनोरन्जन

नीति शाहको फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा

काठमाडौँ :

सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको अफिसियल घोषणा गरेको हो।

कमेडी जनरामा बन्ने फिल्मलाई निर्देशक सुनुवार आफैले लेखेका हुन् । उनका अनुसार यो फिल्ममा ‘खजुरे ब्रो’ का कुनै समय चर्चामा रहेका एक व्यक्तिको क्यारेक्टरमा बन्न लागेको हो।

यहि फिल्मबाट अभिनेत्री नीति शाहले डेब्यु गर्दैछिन्। यस अघि चार वटा फिल्ममा अफर भएता पनि निर्माण हुन सकेका छैनन्। त्यस कारण यहि फिल्म उनको पहिलो हो। फिल्ममा नीतिका अलवा रेयर राई,महेश त्रिपाठी,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।

अभिनेत्री शाहले आफ्नो डेब्यु फिल्म ‘खजुरे ब्रो’ को कथा र सम्पूर्ण टिम मन परेको कारण आफु अनुबन्ध भइकाृ बताईन्। उनले राम्रो टिमसँग काम गर्दा फिल्म पनि राम्रो बन्नेमा ढुक्क रहेको दाबी गरिन्।

गत २७ गतेबाट काठमाडौंमा छायांकन भइरहेको यो फिल्मको घोषणा मंसिरमा नै गरिएको थियो। अर्का कलाकार रेयर राईले ‘खजुरे ब्रो’ शिर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए। उनका अनुसार यो फिल्म निकै चुनौती पुर्ण छ। अर्का कलाकार महेश त्रिपाठीले कमेडी जनरामा पहिलो पटक काम गर्न लागेकोमा उत्साहित रहेको बताए।

फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारले लगानी गरेको फिल्म हो। २ करोड २५ लाख अनुमानित रकममा फिल्म थालिए निर्माता मानन्धरले बताए। उनका अनुसार यो अनुमानित भन्दा रकम घढबढ हुन सक्ने बताए।

फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन रहने फिल्ममा अनमोल गुरुङको सङ्गीत रहने छ। फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाङ्कन हुने फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ।

Leave A Reply

Your email address will not be published.