सुचना, समाचार र मनोरन्जन

कलाकारको टुङ्गो नलाग्दै फिल्म ‘मोदिबेनी’को घोषणा

काठमाडौँ :

माघे सँक्रान्तीको अवसर पारेर फिल्म ‘मोदिबेनी’ घोषणा गरिएको छ । सोमबार काठमाडौंमा डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मको घोषणा गरिएको हो। शंकर कोइरालाको निर्देशनमा बन्ने फिल्ममा कलाकारको टुङ्गो लागेको छैन। केहि दिनमा नै निर्माण टिमले कलाकारको छनोट गर्ने बताइएको छ। फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहनेछन् ।

Pach Pandav

म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गरिएको निर्देशक कोइरालाले जानकारी दिए। करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने निर्माता के.सी.ले बताए। आनन्द बिक्रम क्षेत्रीले लेखेको यो फिल्म माघ महिनामा नै छायाङ्कनमा जानेछ ।

निर्देशक कोइरालाले विगत २० वर्षदेखि फिल्म तथा म्युजिक भिडियो सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडियो तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन् । उनले निर्देशक तुलसी घिमिरेका केही फिल्म समेत सम्पादन गरेका थिए।

Leave A Reply

Your email address will not be published.