
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै
- दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता हुँदैनः सञ्चारमन्त्री
- रास्वपाले सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने
- विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड
- जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
- फेवा किङ्स कप भलिबलः आयोजक किङ्स क्लब पोखराको लगातार दोसो जित
- सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता
- २२ औं लेखनाथ महोत्सवमा कृषि प्रर्दशनीलाई अझै वृहत बनाईने
- नेपाल–भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो
पोखरा आएर संचामन्त्री खरेलले भने- मुलुकमा निर्वाचनको वातावरण बनेको छ
पोखरा,
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताएका छन । नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताए ।
“यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरुप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो”, उनले भने । उनले दलका नेताको दासका रुपमा नभइ विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गरे ।

“नयाँ राजनीतिक दलहरु मिल्दै छन्, पुराना दलहरु पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ”, उनले भने ।
त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताए । संस्थाको सर्वोपरी हितलाई ध्यानमा राख्दै टेलिकमलाई अझ व्यावसायिक, प्रतिष्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा उनले जोड दिए ।
कर्मचारीको वृत्तिविकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न निर्देशन दिए।