सुचना, समाचार र मनोरन्जन

‘जहाजैमा’ फिल्ममा प्रदीप खड्का र जापानी अभिनेत्री रुजेलको जोडी

काठमाडौं ।

फिल्म ‘जहाजैमा’ मा नायक प्रदीप खड्का अनुबन्धित भएका छन्। यसअघि कलाकार सौगात मल्ल र हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) फाइनल भइसकेका थिए।

निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको यस फिल्मको छायांकन भदौ महिनाबाट जापानमा सुरु हुने निर्माण टिमले जनाएको छ।

Pach Pandav

हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ। फिल्ममा जापानी अभिनेत्री रुजेल इचिमियाको पनि अभिनय रहनेछ। निर्देशक कृषा चौलागाईं र प्रदीप खड्काको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले पिताम्बर फिल्ममा सँगै काम गरेका थिए।

फिल्ममा प्रदीप खड्काले कुन चरित्रमा अभिनय गर्ने भन्ने खुलाइएको छैन, तर उनले स्क्रिप्ट निकै मन पराएकाले काम गर्न सहमत भएका हुन् भन्ने बुझिएको छ।

‘जहाजैमा’ फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा गरिनेछ। फिल्मका छायाँकार (DOP) पुरुषोत्तम प्रधान हुन्। उज्ज्वल गुरागाईंको निर्माणमा यो फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो।


Leave A Reply

Your email address will not be published.