Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- निखिल ‘आचार्य’को टिजरलाई दर्शकको साथ,असोज ९ बाट प्रदर्शन हुँदै
- रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
- चलचित्र ‘पार्वती’को ‘पब्लिक प्रिमियर’: हलबाट गहभरि आँसु पारेर निस्किए दर्शक
- भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबिच कुराकानी, उद्धार र राहतमा सहयोग गर्ने
- बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
- युनिस्टार एजुकेशन दशौं वर्षमा: पोखरा वृद्धाश्रममा रासन तथा खाद्यान्न वितरण
- रसुवा बाढीः ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला
- लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन
- भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन
- उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह
युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड
काठमाडौँ,
सरोकार भएकाहरूले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय शासन प्रणालीको विकासमा जोड दिएका छन् ।
ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा, जलवायु र वातावरणसँग सम्बन्धित नीति निर्माण प्रक्रिया तथा तीनै तहका सरकारमा युवाको पहुँच सुनिश्चित गरिनुपर्नेमा जोड दिएका हुन् ।
गण्डकी प्रदेशको मध्यबिन्दु नगरपालिका क्षेत्रमा बालिका सशक्तीकरण कार्यक्रम र सुनवल नगरपालिकामा रहेका युवा अभियन्ताले विद्यमान संरचनामा युवा प्रतिनिधित्वको प्रभावकारी कार्यान्वयन गर्नुका साथै युवामैत्री स्थानीय शासनका लागि थप स्रोत र लगानी परिचालन गर्न आवश्यक रहेकामा जोड दिए ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका युवाहरूले वर्षाको चुनौतीका बाबजुद समुदायमा गरिएका सकारात्मक कामको अनुभव बाँड्दै युवामा लगानी गर्नाले उनीहरूको क्षमता अभिवृद्धि हुने र जलवायुसम्बन्धी अभियान अझै प्रभावकारी हुने बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा सुदीप ठकुरीले जलवायु अनुकूलन र समावेशी कदमका लागि युवा नेतृत्व अपरिहार्य भएको र यस्ता अभियानमा सशक्त भएर लाग्न युवालाई आग्रह गरे ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालका विनिता कार्कीले जलवायुमैत्री शासन र युवामैत्री शासन प्रवर्द्धनमा राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्यमा विगतमा भएका असल अभ्यासको अनुभव सुनाउँदै यसबाट गरे के हुन्न भन्ने उदाहरण प्रस्तुत भएको बताएका छन ।
ब्रिटिस काउन्सिल नेपालका कार्यक्रम व्यवस्थापक केवल श्रेष्ठले युवालाई वातावरण संरक्षणसँग सम्बन्धित विषयमा ज्ञान र सीप दिएर परिवर्तनका बाहकका रूपमा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका गोविन्दप्रसाद पोखरेलले युवासँग सहकार्य गर्न तयार रहेको बताउँदै वातावरण संरक्षण र पर्यावरणको विकासका निम्ति अगाडि बढ्न आग्रह गरे ।
गैरसरकारी संस्था महासङ्घ नेपालकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले पैसा हुँदा मात्र कार्यक्रम सञ्चालन गर्ने नभई साझेदारीको माध्यमबाट कार्यक्रमलाई दिगो बनाउनुपर्ने बताए ।
प्रतिनिधिसभाका सदस्य तथा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सूर्य ढकालले विपद् सूचना प्रणालीलाई व्यवस्थित गरी लागू गर्ने र पाठ्यक्रममा विपद्को विषय राख्ने योजना रहेको सुनाए। युवाको विकास, समृद्धि र उद्यमशीलता प्रति सरकार एवं संसद् गम्भीर रहेको उनको भनाइ थियो ।