सुचना, समाचार र मनोरन्जन

मानिसमा भेटियो ४९औँ रक्त समूह प्रणाली, ‘जामा’ नाम दिइयो

बेलायत,

बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले यसलाई मानव शरीरको ४९औँ रक्त समूह प्रणाली ‘जामा’ का रूपमा मान्यता दिएको छ।

Chaka Panja

वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययनका क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन्। अनुसन्धानमा एफ ११ आर जीन र त्यसबाट बन्ने जेएएम(ए प्रोटिनसँग सम्बन्धित आनुवंशिक परिवर्तन पत्ता लागेको थियो।

जामा रक्त समूहमा सामान्य मानिसमा पाइने एउटा विशेष एन्टिजन अनुपस्थित हुन्छ। यस्तो दुर्लभ अवस्था भएका व्यक्तिलाई सामान्य रगत दिँदा शरीरले एन्टिबडी बनाएर चढाइएको रातो रक्तकोषिकामाथि आक्रमण गर्न सक्ने भएकाले गम्भीर रक्तसञ्चार प्रतिक्रिया हुन सक्छ।

वैज्ञानिकहरूका अनुसार नयाँ खोजले यस्ता दुर्लभ बिरामी र उपयुक्त रक्तदाताको पहिचान गर्न सहयोग गर्नेछ। डीएनए परीक्षणमार्फत बिरामी र रक्तदाताको पहिचान गर्न सकिने भएकाले भविष्यमा सुरक्षित रक्तसञ्चार र दुर्लभ एन्टिबडीको व्यवस्थापनमा यो खोज महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.