सुचना, समाचार र मनोरन्जन

फिल्म ‘जम्प’ सेन्सर पास

काठमाडौं :

मंसिर २९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जम्प’ सेन्सर पास भएको छ । केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट दिएको हो।

Protin

फरक शैलीमा तयार पारिएको यो फिल्मलाई अब १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पाउने छन्। सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई आशुतोषध्वज कार्कीले निर्देशन गरेका हुन्।

फिल्ममासरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका रहेको छ । इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।

Leave A Reply

Your email address will not be published.