सुचना, समाचार र मनोरन्जन

फिल्म ‘जन्ते बाख्रो’मा सौगात मल्लदेखि गरिमा शर्माको इन्ट्री

काठमाडौं :

फिल्म ‘जन्ते बाख्रो’को छायांकनको तयारीमा रहेका निर्देशक सिमोस सुनुवारले कलाकारको लाइनअप पुरा गरेका छन्। प्रदीप भारद्वाजको कथा रहेको यो फिल्ममा निर्देशक सुनुवारले कलाकार छनोट गरिसकेका हुन्।

उनले यसअघि निर्देशन गरेको फिल्म ‘हात्तीछाप’कै अभिनेता सौगात मल्ललाई यो फिल्ममा लिएका छन्। यस फिल्ममा सौगातका अलवा गरिमा शर्मा मुख्य भुमिकामा रहनेछिन्।यो फिल्ममा गरिमालाई अडिसनबाट फाइनल गरिएको हो।

फिल्ममा सौगात,गरिमा अलवा रुसा न्यौपाने,स्नेहा जोशी,विशाल पहारी,आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखकको मुख्य भूमिका रहने छ। कमेडी र प्रेमको कथामा बुनिएको यो फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्म ‘हात्तीछाप’बाट नराम्ररी पछारिएका निर्देशक सुनुवारले यो फिल्ममा मेहनत गर्नेछन् भन्ने कुरामा निर्मााण् पक्ष विश्वस्त देखिएको छ। अभिनेता सौगात मल्ल अभिनित फिल्म ‘बमबहादुर’शुक्रबारबाट हलमा प्रदर्शन भइरहेको छ।

Leave A Reply

Your email address will not be published.