काठमाडौं :
फिल्म‘देववाणी’को प्रवर्द्धनका लागि भारतीय स्टार ह्यारी जोश काठमाडौं आएका छन्। क्रिसमसको अवसर पारेर बुधबारदेखि प्रदर्शन हुन लागेको आफ्नो फिल्मको प्रमोसनका लागि काठमाडौं आएका हुन्।
बलिउड र तेलुगु फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका ह्यारी काठमाडौंमा रहेर यस फिल्मको प्रचारप्रसार गर्नेछन्। बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्ने कार्यक्रम तय भएको छ भने त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन्। त्यसपछि उनी मुम्बई फर्किने तालिका रहेको निर्माण पक्षको भनाई छ।
बाबु बलामी निर्देशित फिल्मलाई मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय छ। यो फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ।