काठमाडौं :
सौगात मल्ल र गरिमा शर्माको मुख्य भुमिका रहने फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त भएको छ। शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै मुहूर्त गरिएको हो। मुर्हतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिए। यहि पुष २० गतेबाट सुरु हुने यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन्।
कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा सौगात र गरिमासहित आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय रहनेछ।
प्रदीप भारद्वाजले लेखेको यो फिल्ममा नेपाली समाजमा बेहुली भित्राउने दिन जन्तीलाई टपरीमा खुवाउने मांसहारी भोजलाई जन्ते बाख्रो भन्ने कथालाई प्रस्तुत गर्ने लेखक प्रदीपले बताए। उनका अनुसार यो फिल्ममा कमेडि कथा वस्तुलाई उठाइएको छ। मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘जन्ते बाख्रो’मा लगानी सन्तोष गौतमले गर्दैछन्। फिल्मलाई हरि हुँमागाईंले छायांकन गर्ने जिम्मेवारी पाएका छन्।