काठमाडौं :
यतिबेला रंग पत्रकार तथा निर्देशक डब्बु क्षेत्री गायिका सरिता भारती र गायक ओम सुनार आफुलाई छाड सताउन भन्दै आएका छन्। उनीहरुले एक भिडियो रिलिज गर्दै आफुलाई नसताउन आग्रह गरेका छन्।
उनीहरुले बास्तविक रुपमा नसताउन भने भनेका होइन्। एक गीतमार्फत गायिका सरिता भारती र गायक ओम सुनारले ‘छोड सताउन’भनेका हुन्। बिहिबार रिलिज भएको यस गीतमा सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो।
पश्चिमेली लोक भाकामा आधारित रहेको यो गीतमा संगीत र संगीत संयोजन पनि गायक सुनारले नै गरेका छन्। म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेको यो गीतमा कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) जस्ता टिपिकल शब्द टिपेर माला झैँ गीतकार क्षत्रीले उनेका छन्। गीतका शब्दलाई स्थानीय भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा भिडियो मार्फत पु¥याउनका लागि क्षेत्रीले यो शब्द प्रयोग गरेको बताए। गीतकार क्षत्रीले नै गीतको भिडियो निर्देशन गरेका छन्।
यो गीतको भिडियोमा अभिनेताहरु सनम कठायत, प्रवण भुसाल, मोडलहरु प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारतीले पनि मोडलिङ गरेकी छन्। भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि रहेका छन्।
लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले यो भिडियोमा कोरियोग्राफी गरेका छन्। भिडियोलाई छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन् ।