सुचना, समाचार र मनोरन्जन

फिल्म ‘कबड्डी’ र ‘जारी’का नयाँ श्रृंखला बन्ने,सहायक पात्रमा खेल्लान् विषय बराल ?

काठमाडौं :

फिल्म ‘जारी’को सफलतासँगै एकअर्काबीच मनमुटावमा रहेका निर्माता तथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाबीच मिलन भएको छ। जारीबाट एकअर्काको बाटो लागेका निर्माता तथा निर्देशक गुरुङ र लेखकबीच एकवर्षपछि मिलन भएकोहो। अब दुवै मिलेर सन् २०२५ मा बाँसुरी फिल्म्सले ‘कबड्डी ५’ र ‘जारी २’ सहित तीन नयाँ फिल्म निर्माणमा जुटेका छन्। दुवैजना मिलेर नै फिल्म ‘कबड्डी’ र ‘जारी’का नयाँ श्रृंखला अर्को वर्ष प्रदर्शनमा आउने गरि जुटेका छन्।

Chaka Panja

यस बारेमा निर्माण टिमले आधिकारिक जानकारी भने दिएको छैन। तर उनीहरु निकटका अनुसार नयाँ फिल्ममा भने जुटेका छन्। फिल्म ‘कबड्डी’ र ‘जारी’का नयाँ श्रृंखलाका अलवा अर्को ‘अनटाइटल’ फिल्मको पटकथा लेखन कार्य भइरहेको छ। ‘जारी २’मा उपेन्द्र सुब्बाकै लेखन तथा निर्देशन रहने छ भने फिल्ममा दयाहाङ राई नै दोहोरिने छन्।

यसअघि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ ले साढे २३ करोड र ‘जारी’ले १७ करोडभन्दा माथि कमाइ गरेको हिसाब छ। अघिल्लो वर्षको सर्वाधिक कमाई गर्ने फिल्म बनेको थियो। यो फिल्ममा अभिनेता विजय बराल हुन्छन् कि हुँदैनन् भन्ने कुरा भने खुलेको छैन। अघिल्ला फिल्ममा दयाका सहयाक पात्रमा जमेर लागेको बरालको मुख्य भुमिका रहेको फिल्म ‘पुर्ण बहादुरको साराङ्गी’यो वर्षको सर्वाधिक कमाई गर्ने बनेको छ। त्यसैले पनि उनी सहायकमा खेल्छन् कि मुख्यमा त्यो भने पछि नै थाहा होला। तर अहिले भने यस बारेमा निर्माण पक्षले कुनै प्रतिक्रिया दिएको छैनन।

Leave A Reply

Your email address will not be published.