सुचना, समाचार र मनोरन्जन

ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी

काठमाडौं :

ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ। फिल्म प्रदर्शन भएको केहि दिनबाट चोरीको आरोप खेपिरहेको यस फिल्मलाई ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन्। उनले यही मंसिर ५ गते फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ।
उनले आफुले पुर्णबहादुरका साराङ्गीका निर्देशकलाई २ वर्ष पहिलो आफ्नो फिल्मको कथा पटकथा तथा संवाद सुनाएको तर उनै निर्देशकले आफ्नो फिल्मका प्लट चोरि गरेको आरोप लगाएका छन्

उनले दिएको उजुरीमा भनिएको छ, ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ । र, उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (फिल्म निर्देशक(लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण फिल्म निर्माण सम्बन्धमा छलफल गरिएको हो ।’

एक साताअघि लेखक लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि यो फिल्ममा आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले आरोप लगाएका थिए। लेखक लामिछाने यो फिल्मको कथामा चोरी गरेको आरोप लगाउने पहिलो व्यक्ती भने होइनन्। यति अघि ‘सङ्ग्रामपुर’ उपन्यासका लेखक डा. शिव शंकर बस्यालले पनि कथा चोरीको आरोप लगाएका थिए। उनले उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार नै प्रस्तुत गरेका थिए गदै कथा मिलेको आरोप लगाए तर उनी बाहिर आएनन्।

यसबारेमा निर्देशक पौडेलले आफुले कसैको पनि कथा चोरी नगरेको र कसैले आफुलाई स्टोरी नसुनाएको दाबी गर्दै आएका छन्। हालै एक युटुब च्यानलमा अन्तरवार्ता दिदै आफु माथी लागेको आरोप झुटो भएको दाबी छन्। अहिले उजुरी नै परेको छ। यो फिल्ममा ‘विजय बराल,अञ्जना बराईली,प्रकाश सपुतका अलवा मुकुन भुसालको समेत अभिनय रहेको छ।

 

Leave A Reply

Your email address will not be published.