सुचना, समाचार र मनोरन्जन
Sarangi

सलोन र केकीको ‘जय हो’को सेन्सर पास

काठमाडौंँ :

अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘जय होु सेन्सर पास भएको छ । शुक्रबार सेन्सर पास भएका फिल्म सवै उमेर समुहका दर्शक सजिलै हेर्न पाउने छन् । सेन्सरमा फिल्म हेरेका पदाधिकारीले ुजय होुलाई राम्रो प्रतिक्रिया दिएको निर्माण टिमले जनाएको छ ।

फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन ९सरकार० र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

Leave A Reply

Your email address will not be published.