सुचना, समाचार र मनोरन्जन

अनमोलको ‘जेरी : अनटप’फागुन २मा प्रदर्शन हुन नसक्ने

काठमाडौं :

यतिबेला काठमाडौंमा अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी : अनटप’को धमाधम छायांकन भइरहेको छ। निर्माण टिमले हिजो दरबारमार्ग नजिकै रहेको एक होटलमा धमाधम अनमोल केसी,भुवन केसीको दृश्य खिचिरहेको थियो।

धमाधम फिल्मको छायांकन गरिरहेका सुयोग गुरुङले अन्तत फिल्मको छायांकन सारेका छन्। आगामी फागुन २ गतेलाई तोकिएको प्रदर्शन मिति निर्माण टिमले सारेको हो।

सरोज न्यौपानेको निर्माणमा तयार भइरहेको यो फिल्म अर्को वर्ष मात्र रिलिज हुने भएको छ। यो फिल्ममा अनमोल केसी, भुवन केसीका साथमा विपना थापा, केदार घिमिरे, जसिता गुरुङ, आँचल शर्मा लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.