सुचना, समाचार र मनोरन्जन
jaar

‘ह्रस्व दीर्घ’ले बुधबारसम्म कमाई १० करोड ६० लाख रुपैयाँ ग्रस कलेक्सन

काठमाडौं :

फिल्म ‘ह्रस्व दीर्घ’ले नेपाली बक्स अफिसमा १० करोड रुपैयाँको आंकडा पार गरेको छ । यो फिल्मले बुधबारसम्म देशैभरीबाट १० करोड ६० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

अभिनेत्री तथा निर्मात्री समेत रहेकी नीता ढुङ्गानाले सामाजिक सञ्जालमार्फत फिल्मको व्यापार कलेक्सन सार्वजनिक गरेकी छन्। उनका अनुसार यो नेपालको मात्र व्यापार हो। यतिबेला फिल्म‘ह्रस्व दीर्घ’ले विदेशका विभिन्न शहरमा आफ्नो प्रदर्शन गरिरहेको छ। उल्लेख्य मात्रामा शोका साथ फिल्म प्रदर्शन भइरहेको हो। अष्ट्रेलिया,क्यानडाका अलवा खाडी मुलुकमा पनि फिल्म प्रदर्शन भइरहेको छ।

फिल्मलाई विदेश वितरक सेभेन सिज इन्टरटेमेन्ट गरेको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। अभिनेत्री नीता ढुंगानाको निर्माण तथा मुख्य भुमिका रहेको यो फिल्ममा नेपाल तथा भारतिय कलाकारहरुले अभिनय गरेका छन्। जसमा नीताका अलवा हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीकै कथा रहेको यो फिल्ममा प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ। चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.