सुचना, समाचार र मनोरन्जन

मार्फा गाउँमा अनमोल र आँचल सहितको टिमलाई बाजागाजासहित भव्य स्वागत

काठमाडौं :

कुनै पनि कलाकार आफ्नो गाउँमा आयो भने के हुन्छ? केहि पनि हुँदैन। कि त टिकटक खिच्नका लागि आम मानिस भेला हुन्छन् कि फोटो खिच्न। तर मुस्ताङको मार्फा गाउँका मानिसले अभिनेता अनमोल केसी र आँचल शर्मा सहितको टिमलाई बाजागाजा सहित भव्य स्वागत गरेका छन्।

केहि वर्षअघि ‘के यो माया हो’गीतमा अनमोल नाचेपछि भक्ति गल्लीको चर्चा चुलिएको थियो। फिल्म ‘जेरी’को गीतमा अनमोल नाचेपछि यो गल्लीको पहिचान नै फेरिएको भन्दै भव्य स्वागत गरेका हुन्।

‘के यो माया हो’ गीत लोकप्रिय भएपछि मुस्ताङ र मार्फा गाउँमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको गाउँलेको भनाई छ। गाउँले हरुले ‘जेरी गल्ली’ नै नाम राखेपछि थप चर्चामा आएको हो। फिल्म ‘जेरी’नाम पछाडि अप टप झुन्ड्याएर निर्माण भइरहेको यो फिल्ममा निर्माता सरोज न्यौपाने रहेका छन्।

अनमोलको शीर्ष भूमिका रहेको फिल्ममा भुवन केसी, उषा खड्गी, केदार घिमिरे (माग्ने बुढा), आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त लगायतको अभिनय छ। सुयोग गुरुङको निर्देशनमा बनिरहेको फिल्मको प्रदर्शन मिति भने घोषणा भइसकेको छैन। यो फिल्म करिब ४ महिनादेखि छायांकन भइरहेको छ।

Leave A Reply

Your email address will not be published.