Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असार २६ गते शुक्रबारको राशिफल पढ्नुहोस
- महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने
- महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी
- पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण
- रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
- ‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
- राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
- प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह
- चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता होः नेता खनाल
काठमाडौँ,
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राखेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको एकता हो र यो आजको आवश्यकता पनि हो ।”
एकीकृत समाजवादीको तर्फबाट धारणा राख्दै नेता खनालले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने बताए । नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे। “आज नयाँ अवस्थामा पार्टीलाई एकतामा रुपान्तरण गरेका छौँ, तत्कालीन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनायौँ, तर किन जोगाउन सकेनौँ? गम्भीर आत्मसमीक्षा गर्नुपर्छ”, उनले भने ।”
नेता खनालले गल्ती कमजोरी स्वीकार गरेर एकता प्रकियामा आउन सबैमा आह्वान गर्नुभयो । कम्युनिष्ट आन्दोलनभित्र देखिएका अन्तरविरोधलाई समाधान गरेर वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टी एकताबाट लोकतन्त्र बलियो भएको उल्लेख गर्दै यसका माध्यमबाट देश र जनताको भविष्य उज्वल बन्ने विश्वा व्यक्त गरे । जेनजी प्रदर्शनपछिको राजनीतिक सङ्क्रमणलाई पार गराउन माओवादी केन्द्रका संयोजक दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वदायी भूमिका रहेको उनले बताए । नेपाल समाजवादी पार्टीका तर्फबाट धारणा राख्दै अध्यक्ष यादवले यही नेतृत्वले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उल्लेख गरे ।
नेकपा समाजवादीका नेता राजु कार्की, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत नेताले समाजवादी क्रान्ति पूरा गर्ने अठोटका साथ नेपाली कम्युनिष्ट पार्टी गठन भएको भन्दै सो पार्टीले समाजवादी आन्दोलनको अभिभारा पूरा गर्ने विश्वास दिलाए ।
सो अवसरमा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य देवप्रसाद गुरुङले नवगठित पार्टीको अन्तरिम विधान र घोषणापत्र तथा १८ बुँदे एकताको आधार प्रस्तुत गरेका थिए । उनले सम्मेलनपश्चात् बन्ने केन्द्रीय समितिबाट गठन हुने कार्यदलले राजनीतिक दस्तावेज तयार गर्ने जानकारी दिए । एकीकृत समाजवादीका उपाध्यक्ष डा बेदुराम भुसालले अन्तरिम विधानका विविध विषयबारे प्रकाश पारेका थिए ।
Prev Post