सुचना, समाचार र मनोरन्जन

‘ए मेरो हजुर’को पाँचौ श्रृंखलाको घोषणा

काठमाडौं :

अभिनेत्री तथा निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको छेको पारेर ‘ए मेरो हजुर’को पाँचौ श्रृंखलाको घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत फिल्मको पाँचौ भागको उद्घोष गरेकी हुन्। अहिलेसम्म फिल्म‘ए मेरो हजुर’ चारवटा श्रृंखला निर्माण भैसकेका छन् । अब उनी पाँचौमा लागेकी हुन्।

Gandarbha

उनले फिल्म ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला निर्माण गर्ने योजना बनाउदा बनाउदै गत वर्ष फिल्म ‘एक भगवत् र एक गीता’ निर्माण गरेकी थिइन्। जुन गत भदौमा रिलिज भएको थियो। यो फिल्मले दर्शकको मन जित्न सकेन।

सिक्वेल भन्दा फरक फिल्म निर्माण गर्दा घाटा व्यहोरेकी निर्देशक थापाले सोमबार इन्स्टाग्राम स्टोरीमा उदाउँदो सूर्यको तस्वीर साझेदार गर्दै ‘ए मेरो हजुर ५’ निर्माणको घोषणा गरेकी हुन् । उनले नाम मात्र घोषणा गरेकी छन्। यसका कलाकार तथा प्राविधिकका कुराहरु बारे जानकारी दिएकी भने छैनन्।

Leave A Reply

Your email address will not be published.