सुचना, समाचार र मनोरन्जन

उद्योगपति विनोद चौधरीले गरे फिल्म ‘झरीपछिको इन्द्रेणी’ को प्रशंसा

काठमाडौं :

नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले देशको राजनीतिक अस्थिरता, त्यसले आम नागरिकमा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा तथा आक्रोशलाई मुख्य कथावस्तु बनाएर दर्शकमाझ आएको छ। नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म सामाजिक यथार्थ र समसामयिक विषयमा केन्द्रित छ।

फिल्मले इमान्दार कर्मचारी कसरी भ्रष्टाचारको जालमा फस्छ र भ्रष्टाचार नियन्त्रणका प्रयासहरू कस्ता चुनौतीपूर्ण हुन्छन् भन्ने यथार्थलाई कथामार्फत प्रस्तुत गरेको छ। साथै, युवामा हुने परिवर्तन र उनीहरूले देश परिवर्तन गर्न सक्ने सम्भावनालाई पनि कथाको केन्द्रमा राखिएको छ।

Gandarbha

उद्योगपति विनोद चौधरीले नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को प्रशंसा गरेका छन्। फिल्म हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले यसले आफूले यसअघि निर्माण गरेको फिल्म ‘वासुदेव’ को सम्झना गराएको बताए।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्यलगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक अर्जुन घिमिरे स्वयंको कथामा निर्माण भएको यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यू गरेका छन्।

फिल्मको निर्माण अनिशा सेन्दाङ लिम्बुले गरेकी हुन्। निर्देशक घिमिरेले समसामयिक राजनीतिक र सामाजिक मुद्दालाई कलात्मक रूपमा प्रस्तुत गर्दै युवापुस्ताको चेतना र आवाजलाई पर्दामा उतार्ने प्रयास गरेका छन्। सामाजिक सन्देश बोकेको ‘झरीपछिको इन्द्रेणी’ ले स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने भावलाई समेत उजागर गर्दै दर्शकलाई सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.