सुचना, समाचार र मनोरन्जन

साढे तीन करोड लगानीको ‘झिँगेदाउ २’ छायांकन प्रारम्भ, अर्को दशैं लक्ष्य

काठमाडौं :

निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन काभ्रेको पनौतीबाट सुरु गरेका छन्। सोमबार शुभमुहूर्तसँगै साडे तीन करोड रूपैयाँ बजेटमा निर्माण हुने फिल्मको निर्माणकार्य सुरु भएको देउजाले जानकारी दिए।

मुख्य अभिनेता आर्यन सिग्देल को मुहूर्त सटबाट छायांकन प्रारम्भ गरिएको फिल्मको सेड्युल ६० दिनको रहेको छ। पनौतीमा तयार गरिएको भव्य सेटमा छायांकनपछि फिल्मको सुटिङ काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा,चित्लाङ र पालुङमा गरिने बताइएको छ। फिल्म आगामी वर्षको दशैंमा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। कथा ‘झिँगेदाउ’ सकिएको स्थानबाटै अगाडि बढाइने निर्माण टिमले जनाएको छ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकार खेल्नेछन्।

निर्देशक देउजाकै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसे ले लेखेका छन्। फिल्ममा रोशन श्रेष्ठ को द्घन्द्व निर्देशन, रामजी लामिछाने को कोरियोग्राफी, अर्जुन पोखरेल को संगीत र मित्र डी गुरुङ को सम्पादन रहनेछ। इशवर घिमिरे प्रोडक्सन म्यानेजर, चन्द्र भण्डारी मुख्य सहायक निर्देशक तथा पासाङ टी शेर्पा र मानिक पाख्रिन कला निर्देशक रहेका छन्। फिल्मको छायांकन बिष्णु घिमिरे ‘कल्पित’ ले गर्नेछन्। निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन्।

Leave A Reply

Your email address will not be published.