सुचना, समाचार र मनोरन्जन

युट्युबमा ‘झिंगे दाउ’को हंगामा, ‘झिंगे दाउ २’को गीतमा केकी–आँचलको झगडा

काठमाडौँ :

ओएसआर डिजिटलबाट शुक्रबार रिलिज भएको फिल्म ‘झिंगे दाउ’ले भ्यूजमा हंगामा मच्चाएको छ। सार्वजनिक भएको २ दिन नवित्दै यो फिल्मलाई युट्युबमा हेर्नेको संख्या २१ लाख कटिसकेको छ। दर्शकको उत्कृष्ट प्रतिक्रियासहित फिल्मले डिजिटल प्लेटफर्ममा आक्रामक भ्यूज पाइरहेको छ । यो फिल्मले बक्स अफिसमा पनि सुखद कमाई गरेको थियो ।

Pach Pandav

एकातिर, पहिलो भागले युट्युबमा आक्रामक भ्यूज पाइरहँदा यसको दोस्रो भागको रुपमा रहेको ‘झिंगे दाउ २’को एक गीतको छायांकन गरिएको छ। तीज पर्वलाई लक्षित गर्दै छायांकन गरिएको शिर्ष गीतमा नायिका केकी अधिकारी र आँचल शर्मा छमछमी नाचेका छन्। रातो सारी लगाएर दुई नायिकाले मादल मात्र बजाएका छैनन्, झगडा पनि गरेका छन्। गीतमा जेठानी–देउरानीको झगडालाई प्रस्तुत गरिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’ असोजको २ गतेबाट रिलिजमा आउँदैछ। छायांकन भएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ । यो गीत भदौको १० गते सार्वजनिक हुनेछ।

गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। नायिकाद्धय केकी र आँचल गीतले दर्शकको लोभलाग्दो साथ पाउनेमा विश्वस्त देखिएका छन्।कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन्। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन,अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्। फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह,संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल,उत्तम केसी,आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको टिजरले दर्शकको ध्यान तानिसकेको छ।

Leave A Reply

Your email address will not be published.