सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘जय करबाकेली बाबा’ गीतको भिडियो सार्वजनिक

काठमाडौं :

गायक जीतबहादुर पुर्जा पुनको स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको हो।

Safal

गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र बबिता पाख्रिन तथा दीपा तामाङको सहायक स्वर छ। गीतमा दीका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ। जि पुन र देव दोर्जे लामाको निर्देशन रहेको भिडियोमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन, खिम माया पाइजा पुनको अभिनय छ।

IVF Post

म्याग्दीको काफल डाँडामा छायांकन गरिएको गीतले पुन समुदायको सांस्कृतिक विविधतालाई देखाएको छ। भिडियोमा राजेन्द्र गुरुको कोरियोग्राफी, सबिन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर, सीता तामाङको मेकअप र सुरज लामाको सम्पादन, छायांकन तथा ड्रोन छ। भिडियोको पोस्ट प्रोडक्सन जीएस प्रोडक्सनमा गरिएको हो।

भिडियो जि पुन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक जि पुनले पुन समाज भित्रका थुप्रै भाषिक, सांस्कृतिक विषयवस्तुलाई आगामी दिनमा पनि भिडियो बनाएर श्रोता तथा दर्शकमाझ ल्याउने बताए।

Leave A Reply

Your email address will not be published.