सुचना, समाचार र मनोरन्जन

फिल्म ‘जेरी अनटप’ को छायांकन चल्दै गर्दा निर्माता न्यौपानेले घोषणा गरेर ‘फनफनी घुमेर’

काठमाडौं :

अनमोल केसीलाई लिएर फिल्म ‘जेरी अनटप’को छायांकन गरिरहेका निर्माता सरोज न्यौपानेले अर्को फिल्मको पनि घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘फनपनी घुमेर’को एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन्।

निर्माता न्यौपाने फिल्म ‘ग्याङस्टर ब्लूज’ (२०१७)ले व्यावसायिक नसफलता भोगेपछि फिल्म निर्माणबाट टाढिका थिए। लामो समयको अन्तरालमा पुन धमाधम फिल्मको घोषणा गरिरहेका छन्। उनले फिल्म ‘जेरी अन टप’लाई आगामी जेठमा रिलिज गर्ने मनसायमा छन् भने नयाँ घोषणा गरिएको दसैंमा।

उनका अनुसार फिल्म ‘फनपनी घुमेर’लाई आगामी दशैंको फूलपातीमा रिलिज गरिनेछ । यो फिल्ममा को को कलाकारले अभिनय गर्दैछन् भन्ने जानकारी दिएका छैनन्। उनले न कलाकार न निर्देशक कसैको पनि नाम सार्वजनिक गरेका छैनन्। तर फिल्मको नाम र प्रदर्शन मिति समेत निर्माता न्यौपानेले घोषणा गरिसकेका छन्। यो फिल्मको यतिबेला स्क्रिप्ट लेखन कार्य समेत भइरहेको निर्माण पक्षको भनाई छ। दसैंमा फिल्म ‘फनफनी घुमेर’सहित ‘महाराजधिराज’, ‘माइतीघर’ र ‘परालको आगो’आधा दर्जन प्रदर्शनमा आउने तयारीमा छन्।

Leave A Reply

Your email address will not be published.