सुचना, समाचार र मनोरन्जन

‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित

काठमाडौं :

निर्माणधिन फिल्म ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित भएका छन्। उनलाई निर्माण टिमले हालै नेपाललाई अनुबन्ध गरेका हुन्। कर्ण बहादुर फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने यो फिल्म राजेन्द्र बस्नेतको निर्देशन रहनेछ।

फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्। बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ। भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन्।

एक भरियाको कथामा निर्माण हुन लागेको यो फिल्ममा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ। नेपालको पुर्वका जिल्ला धनकुटामा छायांकन हुने निर्माण टिमले जानकारी दिएको छ। यस फिल्मका लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन्।

Leave A Reply

Your email address will not be published.