काठमाडौं :
बेनिशा हमाल अभिनित फिल्म ‘कल्ली’को लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मकी मुख्य अभिनेत्री हमालको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ।यसको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट फिल्म रिलिज घोषणा गरेको हो। प्रस्तुतकर्ता किरण नेपालीका अनुसार काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन्।
हिमाल कडरिया र अमला देबी राई निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ। महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्। यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ। निसाल पौडेलको छायांकन रहेको यो फिल्मलाई लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण गरेको हो।