काठमाडौं :
नेपालमा यस वर्ष ५९वटा फिल्म प्रदर्शनमा आए। ५९ मध्ये फिल्म ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बन्न सफल भयो। यो फिल्म बक्स अफिस यो फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाउँदै इतिहास रचेको हो।
यस वर्ष ‘पुर्णबहादुरको साराङ्गी’पछि दोस्रो स्थानमा विराज भट्टको ‘१२ गाउँ’ तेस्रोमा ‘छक्कापञ्जा ५’ चौंथोमा ‘बोक्सीको घर’ रहेको छ। यसपछि हाल प्रदर्शनरत फिल्म ‘अञ्जिला’कमाईको हिसावले पाँचौंमा पर्न सफल भएको छ।
यसै वर्ष प्रदर्शनमा आएका हिट फिल्ममध्ये दयाहाङ राई अभिनित फिल्म ‘अन्जिला’, ‘घरज्वाइँ’र मनसरा परेका छन्। उनको यसै वर्ष ८ वटा फिल्म प्रदर्शनमा आएका छन्। यता अनमोल केसी अभिनित फिल्म‘फर्की फर्की’ र प्रदीप खड्काको ‘पूजार सार्की’ले पनि चार करोड भन्दा माथीको व्यापार गरेका छन्।
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ ४ करोड ३३ लाख रुपैयाँ कलेक्सन गरेको छ। यो फिल्ममा साउथ कलाकार राखेर अभिनेत्री ढुङ्गानाले जोखिम मोलेकी थिइन्। सायद पहिलो पटक नै होला नीताले फिल्ममा साउथका चर्चित कलाकारहरु राखेर फिल्म निर्माण गरेकी हुन्। हास्य टेलिफिल्म सक्किगोनी निर्माण टिमले ‘लाज शरणम्’ नीताको फिल्मभन्दा १ लाख रुपैयाँको अन्तर छ। ४ करोड १९ लाख रुपैयाँसहित ‘गाउँ आएको बाटो’ १२ औं स्थानमा छ। ‘होस्टेल ३’को कमाइ ४ करोड ५ लाख रुपैयाँ ग्रस छ । यसवर्ष ४ फिल्ममात्र १० करोड क्लबमा छन्।
यस वर्ष ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कसेक्सन गर्दा ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ उठाउन सफल भएको छ। फिल्म ‘छक्कापञ्जा ५’ १५ करोड २० लाख, ‘बोक्सीको घर’१० करोड २ लाख,‘अञ्जिला’७ करोड ५० लाख ग्रस कलेक्सन गरेको छ। त्यसै गरि ‘पूजार सार्की’७ करोड ३७ लाख रुपैयाँ ग्रस,‘घरज्वाइँ’५ करोड ९ लाख रुपैयाँ,‘फर्की फर्की’४ करोड ८४ लाख रुपैयाँ ग्रस गर्दा ‘मनसरा’ ४ करोड ७८ लाख रुपैयाँ कलेक्सन गरेको हो। त्यस्तै ‘लाज शरणम्’ले ४ करोड ३४ लाख उठाएको छ। चलचित्र विकास बोर्डमा डिनेश डिसी अध्यक्ष बनेर आएपछि निकै काम सुचारु भएका छन्।