सुचना, समाचार र मनोरन्जन
Sarangi

जीतु र नीतिले थाले ‘ज्वाइँ साब’को सुटिङ

काठमाडौं :

फिल्म ‘ज्वाइँ साब’को शुभ साइत गर्दै छायांकन सुरु भएको छ। मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पूजा गर्दै छायांकन प्रारम्भ गरिएको हो। वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन सेड्युल करिव एक महिनाको राखिएको छ। चित्लाङमै २० दिन फिल्मको छायांकन गरिने छ भने त्यसपछि सौराहा र इलाममा खिचिने निर्माण पक्षको भनाई छ।

शुक्रबार बिहान फिल्मका मुख्य कलाकार जीतु नेपाल र नीति शाह लगायतले भैरव मन्दिरमा पुजा गरेर छायांकन थालिएको जानकारी दिएका छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत फिल्मको शुभ साइतमा खिचिएका केहि तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै फिल्मको सुटिङ थालेको जानकारी दिएका हुन्। यस अघि जीतुले फिल्म ‘ह्यारी कि प्यारी’मा अभिनय गरेका थिए भने नीतिले फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी थिइन्। नीतिको यो दोस्रो फिल्म हो।

यस फिल्ममा जीतु र नीतिका अलवा वुद्धि तामाङ, हिमेश पन्त,रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। श्याम तामाङको डीओपी रहेको यस फिल्ममा अर्जुन पोखरेल र महेश ताम्रकारको संगीत रहनेछ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहने यस फिल्ममा प्रस्तुतकर्ता राज कुमार पण्डित हुन्।

सामाजिक कथालाई कमेडी शैलीमा निर्माण हुन लागेको यस फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेका छन्। यो फिल्म आगामी तिहारमा रिलिज हुने छ।

Leave A Reply

Your email address will not be published.